chaubandi ma patuki-Astha Raut lyrics

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ

गाँजलु टिकी राम्रै लाग्छ लाउने बानी छैन
मेरो लाउने बानी छैन

हो… गाँजलु टिकी राम्रै लाग्छ लाउने बानी छैन
मेरो लाउने बानी छैन
गोठाला र मेलापातमा धाउने बानी छैन
मेरो धाउने बानी छैन
उकाली र ओराली भो नहिडेंको बाटो
तर प्यारो लाग्छ मलाई मेरै देशको माटो

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ

दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
मलाई टुक्का गाँस्न आउँछ

हो… दोहोरी गाउन नजाने नि टुक्का गाँस्न आउँछ
मलाई टुक्का गाँस्न आउँछ
मारुनी र समलामा कम्मर भाँच्न आउँछ
मलाई कम्मर भाँच्न आउँछ
रितीथिती संस्कृतिलाई मेरो नि सम्मान छ
आधुनिक म छोरी तर मेरै आफ्नै शान छ

चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ
म त नेपालको माया गर्ने छोरी
मलाई म जस्तै माया चाहिन्छ
Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *